शशिला मोटर्सको खरि दबिक्री अनलाइनबाट

टाटा मोटर्सका व्यावसायिक गाडी बिक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक डिलर शशिला मोटर्स प्रालिले गाडी खरिदका लागि अनलाइन सुविधा दिने भएको छ । कोभिड १९ का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको मोटर्सले जनाएको छ । कम्पनीले अनलाइनमार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको जनाएको छ ।
वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद बिक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । वेबसाइट भित्रको भर्चुअल शोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्ने जनाइएको छ । यो सेवाअन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यावसायिक गाडी अनलाइनमै बुकिङ गरी खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधाबाहेक पुराना गाडी समेत खरिद बिक्री गर्न पाउनेछन् ।