चीनले बोइङलाई निसाना बनाउने

हालै मात्र घोषणा भएको अमेरिकी भन्सारको बिरुद्धमा चीनले नयाँ प्रतिकारको मापनका लागि तयारी सुरु गरेको छ । यसको सम्भावित निशानामा विमान कम्पनी बोइङ हुन सक्ने पूर्व चिनियाँ व्यापार अधिकारी र विज्ञले बताएका छन् । बोइङ अमेरिकाकै ठूलो म्याुनफ्याक्चरिङ निर्यातकर्ता हो ।
यदी अमेरिकाले चिनियाँ सामानमा ६० अर्बको भन्सार लगाउने योजनालाई अगाडि बढाएमा चीनले पनि अमेरिकालाई सर्वाधिक मार पर्ने र बोइङलाई निसाना बनाउने छ । बोइङ चीनको विशाल बजारबाट फाइदा लिने मध्येमै ठूलो कम्पनी रहदै आएको छ । चिनियाँ कम्पनीहरुमा सम्भावित नकारात्मक असर पर्ने भए बावजुद चीनले बोइङलाई निसाना बनाउन लागेको हो ।
“अमेरिकी उत्पादनको पहिलो सूचीको घोषणा गरेपछि चीनले हाल दोस्रो र तेस्रो सूचीका लागि अध्ययन गरिरहेको छ । यसमा विमान र चिप्स लगायतका सूची पनि समावेश छ,”पूर्व चिनियाँ उप वाणिज्य मन्त्रीले वि जियाङगोउले बताए । उनले ग्लोबल टाइम्सको शनिबारिय अंकमा लेखेको लेखमा यस्तो बताएका हुन् ।
चिनियाँ स्टिल र आल्मुनियमको निर्यातमा भन्सार लगाउने अमेरिक िनिर्णयको बिरुद्धमा चीनको वाणिज्य मन्त्रालयले नयाँ भन्सारको सामना गर्न सक्ने १ सय २८ अमेरिकी उत्पादनको सूची शुक्रबार सार्वजनिक गरेको थियो ।
चिनियाँ अधिकारीहरुले अमेरिकी नीतिको बिरुद्धमा सोही किसिमको नीति अंगिकार गर्ने बताएका छन् । तर उनीहरुले सुरुमा विशेष किसिमको कदमको भने घोषणा गरेका छैनन् ।
हाल बेइजिङको सहयोग रहेको थिंक ट्यांक चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका उप निर्देशक विले चीन अमेरिकी कदमको जवाफ दिनका लागि पूर्ण रुपमा तयार रहेको बताएका छन् ।
शनिबार चाइना डेभलपमेन्ट फोरमलाई दिएको भाषणमा पूर्व अर्थ मन्त्री लुइ जिविले चीनलाई अमेरिकी विमानको क्षेत्रलाई निशाना बनाउनका लागि सुझाव दिएका छन् ।
शनिकारबो लेखमा पिपुल्स डेलीले भनेको छ,“अमेरिकी कम्पनीहरु एप्पल, बोइङ र इन्टेलले भिमकाय आकारको चिनियाँ बजारबाट विगतका वर्षहरुमा ठूला लाभ लिदै आएका छन् । यदी अमेरिकाले व्यापार युद्धको सुरुवात ग¥यो भने चीनले पनि लामो समयसम्म जाने खालको युद्ध गर्नेछ ।”
चीन र अमेरिकाबीचको सम्भावित व्यापार युद्धको विषयमा भएको छलफलमा बोइङलाई पनि उल्लेख गरिएको छ । अमेरिकामा यसको उच्च महत्व भएकाले यसलाई छलफलमा समावेश गरिएको हो । बोइङ अमेरिकाको सर्वाधिक ठूलो रोजगारदाता र कर आम्दानीको स्रोत हो ।
बोइङले अमेरिकामा १ लाख ३७ हजारलाई रोजगारी दिँदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेयता बोइङले ठूलो समृद्धि देख्दै आएको छ । कम्पनीको सेयरको मुल्यमा पनि वृद्धि भएको छ । २०१७ मा कम्नीको आम्दानी र नगद प्रवाह कीर्तिमानी अवस्थामा पुगेको थियो ।
बोइङका लागि चिनियाँ बजार खास रहदै आएको छ । बोइङले उत्पादन गर्ने प्रत्येक ४ विमानमा १ चीनमा बिक्री हुदै आएको छ । चिनियाँ माग अझै वृद्धि हुने अपेक्षा गरिदै आएको छ ।
बुधबारसम्म बोइङले चीनको सियामेन एयरलाइन्सलाई ३ अर्ब डलर भन्दा बढीको ३० वटा जेट बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको यिो । शनिबारसम्म बोइङले चीनलाई १ हजार ७ सय २० वटा जेटलाइनर बिक्री गरिसकेको छ । यो मध्ये ३३१ अझै आपूर्ति हुन बाँकिनै रहेको चिनियाँ समाचार वेबसाइट द पेपर डट सीएनले जनाएको छ ।
“यदी चीनले बोइङको विमानमा भन्सार लगायो भने चिनियाँ कम्पनीहरुले पनि निश्चित रुपमा नयाँ अर्डर दिने छैनन,”स्वतन्त्र नागरिक उड्डयन उद्योगका एक विज्ञ लीन झिजीले बताए ।
स्पष्ट रुपमा भन्नु पर्दा बोइङ र एयरबसका विमानबीच भूमिका र मूल्यमा कुनै ठूलो भिन्नता नभएको र व्यापार युद्ध छेडिएको अवस्थामा चिनियाँ कम्पनीले अवस्य पनि एयरबससका विमानहरु किन्ने पनि उनले बताए ।