बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट सेवा दिने «

बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट सेवा दिने

बैंक तथा वित्तीय संस्थाले सीमित कर्मचारीबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमित कर्मचारीबाट सिफ्ट अनुसार सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्टअनुसार र घरबाट समेत काम गर्ने व्यवस्था गर्नु पर्नेछ । लकडाउन, निषेधाज्ञा, सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू भएपछि केन्द्रीय बैंकले कोरोना संक्रमणको जोखिम न्यूनिकरणको विधि अपनाएर बैंकिङ सेवा प्रदान गर्न भनेको हो ।
बैंक तथा वित्तीय संस्थालाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन राष्ट्र बैंकले सुझाव दिएको छ । त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नसमेत निर्देशन दिएको छ । प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट वा वैकल्पिक रुपमा सेवा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्