मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनल नेपालबीच सहयोग «

मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनल नेपालबीच सहयोग

कोरोनबाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको जनाएको छ । प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे बाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखादलगायत परम्परागत कृषि उपकरण प्रदान गरेको छ ।
मेटलाइफ फाउन्डेसनद्वारा ४४,००० अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आय आर्जन नभएको र सीमित वैकल्पिक आयश्रोत भएका वा त्यस्तो वैकल्पिक आयश्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मद्दत गर्ने जनाएको छ ।
यसका अतिरिक्त प्लान नेपालले किशोर किशोरीलाई आवश्यकता परिपूर्तिमा सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने जनाएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएका छन्, यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।”

 

प्रतिक्रिया दिनुहोस्