चाँदीको मूल्यमा नयाँ रेकर्ड «

चाँदीको मूल्यमा नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रममा ब्रेक लागे पनि चाँदीको मूल्यमा भने नयाँ रेकर्डा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुनमा पनि प्रतितोला नौ सय रुपैयाँले गिरावट आएर प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भएको छ ।
शुक्रबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ । चाँदीमा कायम भएको मूल्य अहिलेसम्म कै सर्वाधिक हो । बिहीबारको तुलनामा चाँदीको मूल्य शुक्रबार प्रतितोला ६० रुपैयाँले बढेर कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्