कोरोनाभाइरस महामारीमा कहाँ राखिएका छन् हवाई जहाज ? «

कोरोनाभाइरस महामारीमा कहाँ राखिएका छन् हवाई जहाज ?

कोभिड–१९ को महामारीको समयमा उडानको माग छैननै भनेपनि हुन्छ । यस्तो समयमा हजारौको संख्यामा रहेका यात्रु प्रयोजनका विमान कहा थन्क्याएर राखिएका छन् त ? यो सवाल तपाई हाम्रो मन मस्तिस्कमा आउनु स्वाभाविकै हो । यात्रु विमानलाई हालको समयमा कुनै टाढाको स्थानमा पार्क गरेर राखिएका छन् ।
गत महिना अस्ट्रेलियाको क्वानटासले आफ्नो अन्तिम बोइङ–७४७ लाई बिदाई गरिसकेको छ ।
२०२३ सम्म पार्किङमै रहनेछ ए–८०
रिपोर्टका अनुसार यो फ्लीट करिब आधा सताब्दीसम्मको आफ्नो सेवामा २५ करोड भन्दा बढी मानिसलाई आफ्नो सेवा दिइसकेको छ । यसमा यात्रा गर्नेमा रानी एलिजावेथ द्वितिय र १९८४ पछि प्रत्येक अस्ट्रेलियाली ओलम्पिक टोली समावेश हुदै आएका छन् ।
एयरलायन्सले ए–३८० सुपर जम्बोले आफ्नो फ्लीटलाई मोजावे डेजर्टको एक एकाईमा कम्तीमा पनि २०२३ सम्म राख्ने छ ।
कहाँ पार्क गरेर राखिएका छन् एयरक्राफ्ट ?
यो महामारीले ठूलो मात्रामा यात्रु विमानलाई विश्वभरी रहेका केही भण्डारमा पार्क गरेर राखिएका छन् । यस मध्ये केही अत्यन्त टाढाको मरभूमि क्षेत्रमा राखिएका छन् ।
यी ठाउँहरुलाई बोनयार्ड्स वा रिटायरमेन्ट एकाई भनिन्छ । यहाँ लामो समयका लागि विमानलाई पार्क गरिन्छ वा भण्डार गरिन्छ । पछि पुनः सेवामा फर्काइन्छ वा यी विमानको पार्टस् बिक्री गरिन्छ ।
व्यापारिक प्रयोजनका विमानलाई एयरपोर्टको सट्टा कुनै स्टोरेज फ्यासिलिटीमा आफ्नो विमान पार्क गर्न सस्तो पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्