मेरिको लिमिटेडले ल्यायो लिभअन सेरम ड्यामेज प्रोटेक्ट «

मेरिको लिमिटेडले ल्यायो लिभअन सेरम ड्यामेज प्रोटेक्ट

 मेरिको लिमिटेड, उपभोग्य सामानहरूको एक अग्रणी उत्पादकले नेपालको बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट बजारमा ल्याएको छ । यो नारीहरूको हेयर स्टाइल गर्नका लागि चर्चित ब्रान्ड लिभअन्को एक त्यस्तो नयाँ प्रकार हो, जुन नेपाली बजारलाई नै लक्षित गरेर खास रूपमा डिजाइन गरिएको छ । यस्तो विशेष प्रकारको उत्पादनको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सुश्री सानिया सहादद्पुरीका साथै हिडन ट्रेजर मिस नेपाल २०१८ का २५ आकांक्षी प्रतिस्पर्धीहरूको समुपस्थितिमा आयोजित एक विशेष समारोहकाबीच गरिएको थियो ।
यो नयाँ उत्पादनले प्रयोगकर्ताहरूलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरू जस्तैः सीधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्नेका साथै यूभी किरणहरू, धुँवा धुलो प्रदूषण आदिबाट समेत कपाललाई जोगाउँछ ।
नेपाली युवतीहरूमा विविध स्टाइलका ग्याजेटहरू प्रयोग गर्ने बढ्दो प्रचलनसँगै उनीहरूले नियमित रूपमा सामना गर्नु परिरहेको समस्यालाई यो उत्पादनले सम्बोधन गरिदिनेछ । शुभारम्भ समारोहमा प्रदर्शित नयाँ मुख्य भिजुअलमा देखाइएअनुसार यो नयाँ फर्मुलाको उत्पादनले तापको विरुद्धमा ५ गुणा ज्यादा स्याहार र घाम र प्रदूषणको कारण कपाल टुक्रिने समस्याको विरुद्धमा १० गुणा ज्यादा राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित् गर्छ, यसका साथै तत्कालै कपाल मुलायम, चम्किलो र लहलहाउँदो बनाउने पनि बाचा गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्