अनुराधा कोइराला कांग्रेस प्रवेश «

अनुराधा कोइराला कांग्रेस प्रवेश

चेलीबेटी बेचबिखन विरुद्ध सक्रिय संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा स्वागत गरेका हुन् । कार्यक्रममा केही समयअघि कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरी र कांग्रेसका पूर्व सांसद समेत रहेका अर्का व्यवसायी उमेश श्रेष्ठ पनि उपस्थित थिए । 
तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा महिला बालबालिका मन्त्री समेत भएकी कोइराला ‘सिएनएन हिरो’बाट समेत सम्मानीत भएकी थिइन् । पार्टी प्रवेश गर्दै उनले मुलुकको विकास र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएकोले आफु कांग्रेसमा आएको बताइन् । “सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो । लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ,” उनले भनिन् । कोइराला चेलीवेटी बेचविखन विरुद्धको अभियानमा ३ दशकदेखि सक्रिय छिन् । 

प्रतिक्रिया दिनुहोस्