विश्व नेताहरूलाई एकठाउँमा ल्याउने ‘-यालीअफ होप’ हुँदै «

विश्व नेताहरूलाई एकठाउँमा ल्याउने ‘-यालीअफ होप’ हुँदै

विश्व स्तरीय अनलाइन ‘-याली अफ होप’ (आज) आइतबार आयोजना हुँदैछ । २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले (आज) आइतबार -याली अफ होप हुन लागेको हो । उक्त -यालीमा नेपाली समयअनुसार आइतबार ६.४५ बजे अनलाइनमार्फत सहभागिता जनाउन सकिनेछ । विश्वभरिका लाखौं मानिसको सहभागिता रहने आयोजकले जनाएको छ ।
युनिर्भसल पीस फेडेरेसनको आयोजनामा हुने कार्यक्रममा सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनले स्वागत मन्तव्य दिनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला ह्वाइट, हाउस अफ कउन्सिलर जापानका पूर्वअध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्वसभामुख न्युट ग्रिनगिच, सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनी, अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेरी लगायतका विश्व नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा युनिभर्सल पिस फेडरेसनकी सहसंस्थापिका डा.हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रमसमेत छ । स्वर्गीय डा. सन म्योङ्ग मुन र श्रीमती डा. हाक जा हान मुनले वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सार्वजनिक सम्बोधनहरू विगत वर्षहरूमा पनि गर्दै आएका छन् ।
कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा परिवारहरूमा दुःख, कष्ट र पीडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड–१९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्रमध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल हुनेछ । मानवीय मूल्य मान्यताहरूको बढ्दो विचलन वा भ्रमको सामना गरिरहेको विश्वले धार्मिक कट्टरपन्थ र धर्मनिरपेक्षका बीचको मूल्य मान्यताको ध्रुवीकरणको कुराले मात्र होइन कि बरु तिनीहरूका बीचको बढ्दो दृढताले चुनौती थपिदिएको छ । संयुक्त राष्ट्र संघ र ईयू जस्ता अन्तर्राष्ट्रिय संघ–संस्थाहरूका कारण शान्ति, द्वन्द्व समाधान, गरिबी निवारणको क्षेत्रमा उल्लेख्य प्रगति भएको भए तापनि विश्वमा अझै पनि भूमि, स्रोतसाधन, धार्मिक तथा जातीय मतभेद, पारिवारिक मूल्यमान्यताको स्खलन, जलवायु परिवर्तन आदिलाई केन्द्रविन्दु बनाएर द्वन्द्व र संघर्ष भएकै छ ।
सम्मेलनले मानव जीवनमा ईश्वरको अस्तित्व र परोपकारी हस्तक्षेपलाई साहसका साथ स्वीकार्ने छ । सम्मेलनमा अन्तरजातीय, अन्तरधार्मिक तथा विश्वव्यापी सम्मेलनले मानवताको अन्तरनिर्भरता र पारस्परिक समृद्धिका लागि दिगो आशा र भरोषाका लागि अपील गर्छ । यो सम्मेलनले विश्व मानव परिवारको रूपमा सामना गर्ने चुनौतीहरूको समाधान गर्न व्यावहारिक विधि र एजेन्डालाई प्रस्ताव गर्ने जनाइएको छ । यसले कोभिड–१९ महामारी, पर्यावरणीय पहलकदमी, गरिबी तथा भोकमरीको अन्त्य गर्ने उपायहरू र जातीय विभेद जस्ता कुराहरूलाई सम्बोधन गर्दै विश्वमा विद्यमान सबैखाले द्वन्द्वहरूको अन्त्य गर्न एकता र आपसी सहयोगका लागि आह्वान गर्नेछ ।
सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुति वाचनका साथ हुनेछ । अनलाइनमार्फत सञ्चालन हुने सम्मेलनमा नयाँ प्रविधिको प्रयोग गरिनेछ । सम्मेलनले डिसेम्बरअसम्म प्रत्येक महिना आयोजना हुने ‘-याली अफ होप’ को एक श्रृंखलाको सुरुवात गर्नेछ ।
आज (आइतबार) इन्टरनेसनल समिट काउन्सिल फर पीस तथा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पीसको सहयोगमा पहिलो भेला हुनेछ । इन्टर रिलिजियस एसोसियसन फर पीस एन्ड डेभलपमेन्ट, इन्टरनेसनल मिडिया एसोसियसन फर पीस, इन्टरनेसनल एसोसियसन फर इकोनोमिक डेभलप्मेन्ट र इन्टरनेसनल एसोसियसन अफ एकाडेमिसियन्स फर पीसका सम्मेलनहरू हुनेछन् । सम्मेलनले राजनीतिक, आर्थिक, शैक्षिकलगायत क्षेत्रका विश्व नेताहरूलाई एकठाउँमा ल्याउनेछ र यसले सद्भाव र एकताका लागि मञ्चको काम गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्