पहिरोले क्षतविक्षत मराङको पीडा «

पहिरोले क्षतविक्षत मराङको पीडा

म्याग्दी–धौलागिरि गाउँपालिका–६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढीपहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले ७ वर्षीय बालकलाई जिन्दगीभर बाबा र आमाको माया दिनुपर्नेछ । उनले जीवनसँगिनी र २ छोरी गुमाएको पीडा ताजा नै थियो तर त्यही छोरा हेरेर चित्त बुझाउनुबाहेक अर्को उपाय पनि छैन । छोराले आमा खोजिरहन्छ तर के भनेर उसको मन बुझाउनु धनबहादुर सोचिरहन्छन् ।
उल्लेखित प्रसंग २०७७ असार २५ गते मराङमा आएको विनाशकारी पहिरोले क्षतविक्षत बनाएको मराङअन्तर्गत रिख गाउँको हो । बाढी रपहिरोले मराङ विक्षिप्त र चिराचिरा भएको छ । जमिन फाटेको, बाटोहरू भत्किएका, रुख, बिजुलीका पोलहरू ढलेको छ । गाउँ नै पहिरोको जोखिममा छ, भोकशोक र सुरक्षित आवासको चिन्ता पहिरो पीडितमा देखिन्छ । मराङस्थित राम्चे, कुम्री, रिखा, नामरुक, ठुलोगाउँ लगायतको क्षेत्रको घर बगाउनुसाथै त्यहाँ अन्य बासिन्दालाई विस्तापित गराएको थियो । विस्थापित परिवारलाई ताकम, राम्चेस्थित दलित सामुदायिक भवन र जनविकास आधारभूत विद्यालयको भवन र समथर भूभागमा टहरा बनाएर बस्न बाध्य भएका छन् । त्यहाँ जमिन होइन,बस्तीे होइन सबथोक पहिरोले बगाएको वडाध्यक्ष राजाराम सुवेदीले फोनमा पीडा सुनाए ।
टहरा बनाउनका लागि त्यहाँ उचित सार्वजनिकस्थल नभएकाले पहिरोबाट आफ्नो बुहारी र नातिनातिनी गुमाएकी चनमती कामीले मकै लगाएको बारी टहरा निर्माणका लागि दिइन् । उनी त्यही घरमा हेरेर आफ्नो बुहारी र नातिनातिनीको यादमा डुबिरहेकी थिइन् । अगाडिबाट हेर्दा सग्लो देखिने घरको पछाडिबाट बिजोग देखिन्थ्यो, दिपक सुनारले त्यहाँ आफ्नी छोरी गुमाएका छन् ।

मराङमा बाढी पहिरोमा परेर १९ जनाको निधन र २ जना बेपत्ता छन् । क्षतविक्षत मराङका जनधनसँगै खानेपानी, विद्युत्, स्वास्थ्यलगायतको समस्या पहिरोले निम्त्याएको छ । सबैले राहत लिएका छन्, तर खाद्यान्नबाहेक अन्य तरकारी खानका लागि सागसब्जीको अभाव पहिरोले निम्ताएको पीडितले बताए । जिल्लाबाट राहत उपलब्ध हेलिकप्टरमा लिए, तर पहिरो लागेको क्षेत्रमा पीडितले फलाउने सागसब्जीको बीउबिजन कसैले नलगाउँदा तरकारीको समस्या देखिएको छ । बाढीपीडितको आवश्यक वस्तुहरूको सहयोगभन्दा राहत वितरणको नाम पदको राजनीति गरेको बाढीपहिरो क्षेत्रमा पुगेका राजनीतिक दलको नेतहरुको फोटोमा देखिन्छ ।
जिल्लाको सदरमुकाम बेनीदेखि बाढीपहिरो क्षेत्रमा पुग्नका लागि सडक पहिरो र नदीको कटानले पूर्णरूपमा खुल्न सकेको छैन, पदमार्ग पनि पहिरोले बगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बाढीपीडितका लागि टहरा बनाउन मराङ पुगेका राट्रिय युवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले बताए ।

 

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्