ओप्पोको ए ७१ सस्तो मूल्यमा «

ओप्पोको ए ७१ सस्तो मूल्यमा

ओप्पोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओप्पोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्युटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर उपलब्ध छ । फोनको फ्रण्ट क्यामेरामा ओप्पोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको यो फोनमा युवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक युनी बडी डिजाइन अपनाइएको छ । मितव्ययी मूल्यमा उपलब्ध गरिएको ए७१ (२०१८) सुनौलो र कालो गरी २ भिन्न रंगमा उपलब्ध गरिएको छ । मूल्य १५ हजार ९ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको देशभर रहेका बिक्री केन्द्रमार्फत उपलब्ध छन् ।
ए७१ (२०१८)का बारेमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हामीले ए सिरिज अन्तर्गत नयाँ मोडल, अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेका छौँ । नयाँ फोनमार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो । नयाँ फोन मार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’
ओप्पो ए७१ (२०१८)मा विशेष ओप्पोकै लागि निर्मित २ सयभन्दा बढी अनुहारका विशेषताको पहिचान गर्न सक्षम एआई ब्युटी फञ्सन समाहित गरिएको छ । यसका कारण फोनले अनुहारको पहिचान र ब्युटी रिटचिङको कार्य थप सटिकतापूर्ण तरिकाले गर्न सक्छ । साथै, इमेज डाटाबेस र आफैं सिक्ने क्षमताका कारण यो फञ्सनले विभिन्न छालाका किसिम, रंग, उमेर र लिंगको पहिचान गरी आवश्यकताअनुसार व्यक्तिगत तवरमा तस्बिर परिमार्जनमा सघाउँछ ।
नयाँ फोनले सहज परिचालनका लागि तीव्र गतिमा कार्य सम्पादन गर्नुका साथै ऊर्जा खपतमा समेत न्यूनीकरण ल्याउन सघाउँछ । १.८ जीएचजेडमा क्ल्क्ड गरिएका ६४ बिट प्रोसेसिङ कोरसहितको नविनतम स्न्यापड्र्यागन ४५० प्रोसेसर जडान गरिएको छ । यसले गर्दा फोनमा एकै पटकमा धेरै एप सञ्चालन गर्न सघाव पुग्नुका साथै एप विचमा स्विच गर्नपनि सहजता मिल्छ ।
यस्तै, नयाँ फोनमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने सोचका साथ १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसनसहित ५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ । त्यसैगरी, कम प्रकाश भएका स्थानमा समेत फोटोमा न्यवाइज न्यूनीकरण तथा स्पष्ट तस्बिर खिच्नका लागि मल्टि–फ्रेम डिनोइजिङ प्रविधिसहित १३ मेगापिक्सेल क्षमतासहितको रियर क्यामेरा पनि उपलब्ध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्