पूर्वाधार विकासको २५ करोड फिर्ता «

पूर्वाधार विकासको २५ करोड फिर्ता

जुम्ला-गत आर्थिक वर्ष २०७६-०७७ मा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको ५२ करोड ६४ लाख बजेट मध्य आर्थिक वर्षको अन्त्यसम्म २७ करोड ६८ लाख ४९ हजार ४ सय ५१ रुपैयाँ अर्थात (५२.५९) प्रतिशत बजेट मात्रै खर्च भएको छ । बाँकी २४ करोड ९५ लाख ५० हजार ५ सय ४९ रुपैयाँ बजेट खर्च हुन सकेर फिर्ता भएको पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत नवराज देवकोटाले जानकारी दिए ।
उनका अनुसार पूर्वाधार विकास मन्त्रालयबाट आएको ४२ करोड ५४ लाख मध्ये १९ करोड ३४ लाख ५८ हजार ९ सय ५६ रुपैयाँ मात्रै खर्च भयो । बाँकी २३ करोड १९ लाख ४१ हजार फिर्ता भएको छ । मुख्यमन्त्री कार्यालयबाट आएको ३ करोड मध्ये २ करोड ९० लाख ८३ हजार खर्च भई ९ लाख १६ हजार फिर्ता भएको छ । साथै वित्तीय समानिकरण संघबाट आएको ७ करोड १ लाखमा ५ करोड ४३ लाख खर्च भई ७४ हजार खर्च भई १ करोड ६६ लाख ९२ हजार ५ सय ८८ रुपैयाँ फ्रिज गएको छ । जुम्लाको पूर्वाधार विकासका लागि आएको ५२ करोड ६४ लाख बजेटलाई नै शतप्रतिशत खर्च गर्ने लक्ष्य लिएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार बजेट खर्च नभएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख टंकप्रसाद न्यौपानेले बताए ।
लेखा अधिकृत नवराज देवकोटा भन्छन्, “पहिलो समस्या करोडौका योजनामा ६०-६५ प्रतिशतसम्म घटेर टेण्डर हाल्नु, कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुनु र कोरोना भाइरसको त्रासले काम नहुनुले बजेट खर्च लक्ष्यअनुसार भएन ।”
१२ जना दरबन्दी रहेको पूर्वाधार विकास कार्यालयमा ४-५ जनाकै भरमा चलेको छ । दैनिक स्टामेट, अनुगमन निरीक्षण गर्नुपर्ने कार्यालयमा दुईजना मात्रै प्राविधिक छ । दुईजना प्राविधिककै भरमा पूर्वाधार विकास सम्भव छैन । प्रदेश सरकारलाई पटक–पटक माग गर्दा पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।
जसको असर बजेट खर्चमा देखिएको निमित्त प्रमुख न्यौपानेको भनाई छ । क्रमागत रुपमा सञ्चालन भइरहेका करोडौका दर्जनौ सडक निर्माण कोरोना त्रासले गर्दा रोकिँदा बजेट खर्च नभएको हो । टेण्डर धेरै घटिघटाउ नगर्न तथता जनशक्ति व्यवस्थापन गरेमा मात्रै बजेट खर्च लक्ष्यअनुसार हुने कर्मचारीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्