सूर्य नेपालले ल्यायो त्रिसारा अगरबत्ती बजारमा «

सूर्य नेपालले ल्यायो त्रिसारा अगरबत्ती बजारमा

सूर्य नेपाल प्रालिले मंगलदीप त्रिसरा अगरबत्ती बजारमा ल्याएको छ । मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ भएसँगै ग्राहकको माग सम्बोधन गर्न मंगलदीप त्रिसारा नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ ।
त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य १०० रुपैयाँ कायम गरिएको छ । यसअन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् ।
सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा बिक्री गरेर ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्