अस्ट्रेलिया जाने विद्यार्थीका लागि अंग्रेजी भाषा कक्षा

अध्ययनका लागि अस्ट्रेलिय जाने विद्यार्थीका लागि २६ वटा विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि अंग्रेजी भाषा कक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको कक्षा सुरु गरिएको छ ।
अस्ट्रेलिया अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि न्यो लिङ्वा इन्टरनेसनल करियर सेन्टर (एनएलआईसीसी) ले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको महाराजगन्जस्थित महालक्ष्मी अवल हाउसमा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यूटीएस इन्सर्चको संयुक्त प्रयासमा गरिएको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहकाबीच नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बर्डले उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत बर्डले यस कोर्षले विद्यार्थीहलाई अंग्रेजी शिक्षाका बारेमा सम्पूर्ण पक्षमा सबल बन्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
राजदूत बर्डले यस कोर्षको अध्ययन गरिसकेपछि विद्यार्थीलाई विश्व समुदायसँग प्रतिस्पर्धा गर्नसमेत सहयोग पुराउनेमा बताए । त्यसैगरी यूटीएस इन्सर्चका प्रबन्ध निर्देशक लेक्स मर्फीले अंग्रेजी भाषाको ज्ञानले आत्मविश्वासी, कुशल व्यवस्थापक तथा दक्ष व्यक्तित्व निर्माण गर्नमा मार्गदर्शन गर्ने बताए । उनले यूटीएससँगको आफ्नो २५ वर्षे अनुभव साटासाट गर्दै नेपाली विद्यार्थीका लागि यो संस्था लाभदायी सावित हुने पनि बताए । अस्ट्रेलियाका २६ भन्दा बढी विश्वविद्यालयमा अध्ययन अध्यापन हुदैँ आईरहेको यो कोर्ष नेपालमा भने पहिलो पटक एनएलआईसीसी सेन्टरले भिœयाएको हो । त्यसैगरी एनएलआईसीसी सेन्टरको शनिबार उद्घाटन गर्दै यूटीएस इन्सर्चका म्यानेजिङ डाइरेक्टर एलेक्स मर्फी चिफ बिजनेस डेभलपमेन्ट अफिसर पिटर हरिस र एसोसिएट प्रोफेसर पब्लिक हेल्थ नेपाली विद्यार्थीका लागि गुणस्तरीय अंग्रेजी अध्ययनका राम्रो अवसर रहेको जनाएका छन् ।