प्राधिकरणको बजेट ४१ अर्ब ११ करोड «

प्राधिकरणको बजेट ४१ अर्ब ११ करोड

चालु आर्थिक वर्षको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कुल ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले यान्त्रिक उपकरणमा १ अर्ब ८३ करोड ९६ लाख, जग्गा प्राप्तिका लागि ४ अर्ब ५६ करोड ३३ लाख, पूर्वाधार निर्माणमो १७ अर्ब ६८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा कुल १० अर्ब ५४ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा ५ अर्ब ९६ करोड ५१ लाख ४९ हजार १३४ रुपैयाँ मात्रै आम्दानी भएको प्राधिकरणको भनाई छ ।
जसमध्ये नियमित आम्दानी ५५ प्रतिशत मात्रै र विमानस्थल विकास शुल्क ६१ प्रतिशत मात्रै आम्दानी गरेको छ । गत आवमा नियमति आम्दानी ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ६१ अर्ब ७३ करोड ५५ हजार ३८ रुपैयाँ मात्रै आम्दानी प्राप्त भएको थियो ।
विमास्थल विकास शुल्कवापत २ अर्ब २१ करोड २८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा जम्मा ६१ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ७७ लाख ९४ हजार ९६ रुपयाँ मात्रै आम्दानी गरेको छ ।
आम्दानी ५७ प्रतिशत मात्रै भएको जनाएको छ भने ४३ प्रतिशतले आम्दानी घटेको छ । बजेट खर्च ४२ प्रतिशत, कार्यसञ्चालन खर्च ८१.३१ प्रतिशत, पुँजीगत खर्च ४०.६१ प्रतिशत, र अन्य खर्चमा २६ प्रतिशत खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्