वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड «

वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड

रियालिटी शो वाइवाई नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउन्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउन्डको चारै एपिसोडको छायांकन सकिएको छ । तीन एपिसोड भने प्रसारण भइसकेका छन् ।
देशका सातै प्रदेशमा सम्पन्न अडिसनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो राउन्डमामा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीनजना भने यो राउन्डमा सहभागी हुन पाएनन् । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउन्डका लागि छानिएका छन् भने अब डिजिटल राउन्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ । तेस्रो राउन्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन बाँकी छ ।
अडिसनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउन्डको सुरुवात गर्नुअगावै रियालिटी शो प्रसारणमा आएसँगै कोभिड–१९ का कारण काठमाडौं अडिसनदेखिको प्रसारण मितिसमेत सार्दै जेठ ३१ देखि फेरि थालिएको थियो ।
पहिले तय गरिएको फर्म्याटबाट अलिबाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउन्ड सुरु भएको थियो । कार्यक्रमका निर्णायक रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री छन् ।

प्रतिक्रिया दिनुहोस्