लावारिस कुकुर बन्यो कार शोरुमको सेल्सम्यान, आईडी लगाएर बेच्छ कार «

लावारिस कुकुर बन्यो कार शोरुमको सेल्सम्यान, आईडी लगाएर बेच्छ कार

ब्राजिल-जब कोही शोरुममा कार किन्न जान्छ, त्याहाँ भएका सेल्सम्यानले ग्राहकलाई कारको बारेमा जानकारी दिएर कार बिक्री गर्ने गरेको हामीले देख्ने गरेका छौ । तर शोरुममा मानिस नभई कुकुर कार बिक्री गरिरहेको छ भने पनि आश्चर्य नमान्नुस । यो सेल्सम्यान ब्राजिलको हुन्डाई कम्पनीको कार शोरुमको हो । यहाँ कुकुर सेल्सम्यानको रुपमा काम गर्छ । कम्पनीले कुकुरलाई आधिकारिक रुपमा सेल्सम्यानको रुपमा नियुक्त गरिएको छ र परिचय पत्र (आईडी कार्ड) कुकुरको घाटीमा लगाइएको छ ।
हुन्डाई ब्राजिलले आफ्नो नयाँ ४ खुट्टे कर्मचारीलाई प्रस्तुत गर्दै इन्सटाग्राममा उसको फोटो पनि पोष्ट गरेको छ । उसलाई धेरै मन पनि पराइएको छ । कम्पनीले फोटोसँगै क्याप्सनमा लेखेको छ,“हुन्डाई प्राइम डीलरशीपमा सेल्स डग टक्सन प्राइमसँग भेट्नुहोस् ।”
यो फोटो अब सोशल मिडियामा भाइरल भइरहेको छ र कुकुर इन्टरनेट दुनियाँमा स्टार बनिसकेको छ । किनकी धेरै मानिसले सोचेका पनि थिएनन् कि कुुकुर पनि सेल्सम्यान हुन सक्छ भनेर । यो कुकुरको नाम टक्सन हो र इन्सटाग्राममा टक्सन प्राइमको नामले लोकप्रिय भएको छ । यसमा ४१ हजार भन्दा बढी मानिसले टक्सनलाई फलो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्