अन्टार्कटिका बिर्साउने चिसो भयो अस्ट्रेलिया «

अन्टार्कटिका बिर्साउने चिसो भयो अस्ट्रेलिया

क्यानबेरा-अस्ट्रेलियामा गत गृष्मकालिन समयमा उखरमाउलो गर्मीका कारण जंगलमा आगलागी भएर अर्बौ जनावर मरेको समाचार हामीले संचार माध्यमबाट जानकारी पाएका थियौ । तर हाल आएर यो मुलुकको तास्मानियामा हालसम्मकै चिसो भएको छ । देशका बाँकि भाग मुसलधारे पानी पर्ने तयारीमा रहेकोमा यो क्षेत्रमा रेकर्ड राख्न थालिएदेखिकै चिसो अर्थात् –१४.२ डिग्री सेल्सियस पुगेको छ ।
मौषम विज्ञान विभागले गत सातालाई अत्यन्त महत्वपूर्ण मानेको छ र यसले १९८३ मा भएको अघिल्लो –१४ डिग्री सेल्सियको रेकर्डलाई तोडेको छ ।
अडेलाइडे क्षेत्रमा पनि न्यूनतम तापक्रमको अवस्था पुगेको मौषमविद् जोनाथन होले बताए ।
दक्षिण र पूर्वी अस्ट्रेलियामा आगामी केही दिनको अवधिमा अस्वभावित चिसो र भिजेको अवस्था हुने होले बताए ।
“पूर्वी अस्ट्रेलियामा हामीले समग्र मौषमको अवस्था अस्वभाविक देखेका छौ । हामी न्यून चापिय प्रणाली सुदुर उत्तरमा सर्ने देखेका छौ । त्यसैले हामीले भारी वर्षा हुने देखेका छौ,”उनको भनाई थियो ।
यसले दक्षिणी क्विनसल्यान्ड, न्यू साउथ वेल्स, भिक्टोरिया र दक्षिणी अस्ट्रेलियामा अत्यन्त चिसो तापक्रमको अवस्था ल्याउने छ ।
त्यसपछि वर्षा न्यू साउथ वेल्सको दक्षिणी तटतर्फ सर्ने र सोमबार तथा मंगलबार २०० मिलि मीटरको वर्षा हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्