कोरोनाभाइरसको महामारी नियन्त्रणमा आउन अझै पाँच वर्षः डब्लूएचओ «

कोरोनाभाइरसको महामारी नियन्त्रणमा आउन अझै पाँच वर्षः डब्लूएचओ

जेनेभा-कोरोनाभाइरसको महामारी अझैपनि आधा दसक सम्म चल्ने विश्वव्यापी स्वास्थ्यका एक वरिष्ठ अधिकारीले चेतावनी दिएका छन् । विश्वव्यापी मृतकको संख्या ३ लाखको नजिक पुगेसँगै संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथले बताएको फाइनान्शीयल टाइम्सले जनाएको छ । “मैले अझै ४ वा ५ वर्षको समयसीमा देखेकी छु । हामीले यो अवधिमा यसलाई नियन्त्रण गर्न सक्छौ,” उनको भनाई थियो ।
हालका लागि खोप राम्रो उपाय देखिएको तर यसको सुरक्षाको विषयमा अझैपनि प्रसस्त मात्रामा किन्तु परन्तुको अवस्था रहेको छ ।
प्रभावकारी खोपको विकास र सफल उपचारको विधि दुवैले महामारीको अवधिलाई निर्धारण गर्ने उनले बताएको फाइनान्शीयल टाइम्सले जनाएको छ ।
हालसम्मको अवधिमा विश्वभरी २ लाख ९७ हजार ४६५ मानिसको मृत्यु भइसकेको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।
भाइरस जादै नजाने सम्भावना पनि छ
विश्वव्यापी जन स्वास्थ्य संकटको अर्थ देशहरुले प्रभावकारी रुपमा बन्द गर्नुपर्ने देखिन्छ । विश्वका धेरै नेताहरुले अर्बौ मानिसहरुको दैनिक जीवनमा कडा रोक लगाउदै आएका छन् ।
प्रयोगमा भिन्नता भएपनि लकडाउन नीतिले स्कुल बन्द भएका छन्, सार्वजनिक भेटघाटमा प्रतिबन्ध लागेको छ र सामाजिक दुरीको अवस्था लागू भएको छ । यसले १९३० को दसकको सुरुको महामन्दीपछिकै खराब आर्थिक अवस्था निम्त्याउने देखिन्छ ।
पछिल्ला साताहरुमा केही मुलुकहरुले क्रमिक रुपमा प्रतिबन्ध खुकुलो पार्ने र केही पसल तथा कारखानाहरु पुनः खोल्न सुरु गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्