टिकटकलाई युरोप स्वर्ग «

टिकटकलाई युरोप स्वर्ग

ब्रसेल्स-हुवावेले कठोर अवस्थाको सामना गरेपनि हाल सम्म युरोपले चिनियाँ भिडियो सेयरिङ एप टिकटकलाई राम्रो गरिरहेको छ ।
ब्रसेल्सले प्रविधिको विषयमा अमेरिका र चीनबीचको कठोर अवस्थाको सामना गरेपनि ईयूले अमेरिकी नेतृत्वलाई पछ्याउने अवस्था भने देखिएको छैन ।
यो एप अमेरिकामा देखिए जस्तै तात्तातो विषय युरोपमा देखिएको छैन । युरोपका नियामकहरुले हालसम्म पनि कम्पनीमा कस्ले लगानीको नेतृत्व गर्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।
“यदी युरोपेली कानुनसँग आबद्ध हुने हो भने टिकटकमाथि प्रतिबन्ध लगाउनु पर्ने जस्तो मलाई लाग्दैन । तर ईयूले युरोपेली मापदण्ड लगाउने विषयमा बढी सक्रिय रुपमा लाग्नु पर्छ,” जर्मन एमईपी मोरिट्ज कोरनरले बताए ।
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरिङ एपमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन् । बेइजिङस्थित प्यारेन्ट कम्पनी बाइटडान्सले प्रयोगकर्ताका डाटा चिनियाँ सरकारसँग सेयर गर्न सक्ने आशंकाबीच ट्रम्पको यस किसिमको प्रतिबन्धको चेतावनी आएको हो । बाइटडान्सले भने यस किसिमको आरोपको खण्डन गर्दै आएको छ । तर टिकटकको व्यवसाय अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडामा माइक्रोसफ्टलाइै बिक्री गर्ने विषयमा पनि सोचिरहेको छ । उसले अमेरिकी प्रतिबन्धबाट जोगिनका लागि यसो गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्