सोसियल ई–कमर्स प्लेटफर्म यूजी बजार लन्च «

सोसियल ई–कमर्स प्लेटफर्म यूजी बजार लन्च

अर्बन गर्ल(यूजी)ले आफ्नो ई–कमर्स प्लेटफर्मलाई सोसियल ई–कमर्स प्लेटफर्मको रुपमा अद्यावधीक गरेको छ । सन् २०१२ मा स्टार्टअप कम्पनीका रुपमा ई–कमर्स बजारमा प्रवेश गरेको यूजीले एप र वेव प्लेटफर्म विकास गरेको हो ।
यूजी बजार नामक सोसियल ई–कमर्स प्लेटफर्म अरु ई–कमर्स प्लेटफर्म भन्दा भिन्न छ । यूजी बजार नेपालकै पहिलो सोसल ई–कमर्स भएको यूजीको दाबी छ । कारण हो, यूजी बजारमा ई–कमर्समात्र छैन । ई–कमर्स यूजी बजारको ७ मोड्युलमध्ये एक हो ।
गरगहनाको बिक्री गर्दै सुरु भएको यूजीले मेकअप, घर सजावटका सामग्रीको अनलाइन व्यापार गर्दै केक उत्पादन, बिक्री तथा डेलिभरीसम्मको सेवा दिँदै आएको थियो । स्थापनाकै समयमा यूजीले सबै किनमेल आवश्यकता एकल बिन्दुबाट प्रदान गर्ने लक्ष्य लिएको थियो ।
यूजीका सहसंस्थापक किरण तिम्सिना भन्छन्, “वर्षौंको शोध र विकासबाट हामीले यस्तो प्लेटफर्म जन्माएका छौं जसबाट अनलाइन सामान किन्नमात्र नभएर छुट्टै सामाजिक दुनियाँ महसुस गर्न सकिन्छ ।”
वि.सं. २०७४ मा यूजी केक नाम कम्पनी दर्ता भयो । अहिले त्यसलाई पनि अर्बन गर्ल इन्कर्पोरेटेड प्रालि समाहित गरिएको छ । यूजी बजारमार्फत् कम्पनीले ग्राहकको घरैमा सेवा र सुविधा पु-याउने जनाएको छ । अत्यावश्यक खाद्य सामाग्री देखि मनोरञ्जनका सामान र घर परिवारको लागि आवश्यक सवै सामग्रीको आपूर्ति यूजी बजारबाटै हुने कम्पनीको दाबी छ ।
सोसियल ई–कमर्स बनाउने क्रममा हालका लागि ७ किसिमको मोड्युल तयार पारिएको छ । यी फिचरमा कम्पनीले ३ वर्षदेखि काम गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्