नेपाल एसबीआईका कार्डबाहकले सोल्टीमा १०% छुट पाउने «

नेपाल एसबीआईका कार्डबाहकले सोल्टीमा १०% छुट पाउने

नेपाल एसबीआई बैंकका कार्डबाहक ग्राहकले सोल्टी होटलमा विशेष छुट पाउने भएका छन् ।
बैंक र सोल्टी इन्टरप्राइजेजबीच बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले कार्ड प्रयोग गरी भएको भुक्तानीमा खाना तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । ग्राहकले यो सुविधा सोल्टी क्राउन प्लाजा, काटमाडौं र सोल्टी वेस्टेन्ड प्रिमियर, नेपालगन्जमा पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईंले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्