सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा «

सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को आर्थिक वर्ष २०७६-०७७ को लेखापरीक्षण सम्पन्न गरेको छ ।
लेखापरीक्षण सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि को सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाई धनीलाई क्रमशः ७.५ प्रतिशत (कर सहित) तथा ५ प्रतिशत (कर सहित) का दरले हुन आउने एघार करोड पचिस लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्