सेन्चुरी कमर्शियल बैंकको भिसा डेबिटर क्रेडिट र ट्राभल कार्डमा नयाँ सेवा «

सेन्चुरी कमर्शियल बैंकको भिसा डेबिटर क्रेडिट र ट्राभल कार्डमा नयाँ सेवा

सेन्चुरी कमर्शियल बैंकले थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ । सो सम्झौताअनुसार उक्त बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट विभिन्न अनलाइन माध्यमबाट पनि सामान किन्न सकिन्छ । पहिले यी कार्डबाट पैसा निकाल्न र सामान किन्न मात्रै मिल्थ्यो ।
थ्रिडी सेक्युअर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओटिपी) आफ्नो मोबाइल वा ईमेलमा पाउन सक्छन् । यो सेवामा कार्ड र ओटिपी दुवै आवश्यक पर्ने हुँदा कारोवार पूर्णरूपले सुरक्षित हुने बैंकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्