सामाजिक विकास कार्यालयको ३ करोड खर्च भएन्
जुम्ला-सामाजिक विकास कार्यालय जुम्लाको ३ करोड ५ लाख बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । कार्यालयले आर्थिक बर्ष २०७६।०७७ लागि विनियोजित ९ करोड ५७ लाख बजेट मध्य आर्थिक वर्षको अन्त्य सम्म ६ करोड ४६ लाख पाँच हजार पाँच सय ९९ रुपैया खर्च भएको छ । सो मध्य ५४. ५१ प्रतिशत खर्च भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन तथा अन्य कारणले गर्दा ३ करोड ५ लाख खर्च हुन नसकि फिर्ता भएको हो । जुुम्लाको विकास र सृमद्धीका लागि विनियोजित बजेट सबै खर्च हुन नसकको यहाँको विकास पछि धकेलिनु हो । यसमा सम्बन्धी निकाय गम्भीर हुनै पर्दछ । सामाजिक विकास कार्यालय स्थापना भएको पहिलो वर्षमा त्यति प्रभावकारी तथा समन्वय सहकार्य राम्रो नभएको पाइयो ।
ग्त आवमा गरेको काम तथा गतिविधिका बारेमा सामाजिक विकास कार्यालयले जिल्लामा समिक्षा समेत गरेको छ । कार्यालयले विद्यालय क्षेत्रको भौतिक पूर्वाधार देखी सामाजिक क्षेत्रमा गरेको कामको बिषयमा गरेको कामको गर्दै आएको पाइएको छ । कार्यालय प्रमुख बलविर सुनार जिल्लामा विभिन्न ४१ वटा योजनामा रहि काम गरिएको थियो । समिक्षा कार्यक्रममा जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाले समाजिक विकास कार्यालयले आगामी दिनमा आफ्ना गतिविधिलाई समन्वय सहकार्यका आधारमा अगाडी बढाउनु पर्ने सुझाब दिएका थिए । पहिलो वर्षमा केहि काम सन्तोषजनक गरेपनि यतिले मात्र प्रयाप्त नभएको भन्दै शत प्रतिशत बजेट खर्च गर्ने कुरामा समेत ध्यान पुराउन ध्यान आकर्षण गराएका थिए ।