गाउँमै ३३ लाखमा कोल्ड स्टोर निर्माण हुदैँ «

गाउँमै ३३ लाखमा कोल्ड स्टोर निर्माण हुदैँ

कृषि उपज संकलन गर्न

जुम्ला -गाउँघरमा उत्पादन हुने स्याउ,ओखर,सिमि,आलु लगायतका नगदेबालीलाई बजार संग जोड्न अझै मुस्किल छ । गाउँ सम्म सहज यातायातको पहुँच नहुनु र व्यवस्थित संकलन केन्द्र नहुनु मुख्य यी दुई समस्याले उत्पादीत बस्तुको बजारीकरणमा समस्या छ । यहाँको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म यातायातको पहुँचमा जोडिएका छैनन् ।
ती क्षेत्र आलु सिमि उत्पादनका हिसाबले पटेक क्षेत्रनै मानिन्छन् । तर त्यहाको उत्पानदले अहिले सम्म बजार पाउन सकेको छैन् । जसले किसानले सकेजती खाने र बाँकी कुहिएर जाने समस्या अहिले पनि यथावतै छ । यसो त स्थानीय सरकारले सबै वडामा सडक पुराएका छन् । तर एक गाउँदेखि अर्को गाउँ जोड्ने पुल नहुँदा सडक अर्थहिन छन् ।
भौगोलिक रुपमा जिल्लाकै विकट तिला गाउँपालिकामा सडक निर्माण भएपनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा त्यहाँका नागरिक अहिले पनि पिठ्युमै निर्माण सामाग्री देखि खाद्यन्न बोक्ने गर्दछन् । भने उत्पादीत बस्तुको बजारीकरणको सम्भावनै छैन् ।
तिला १ का वडाध्यक्ष सन्तवीर रावत भन्छन, “यहाँ आलु, मकै र सिमी लगायत कोशेबाली उत्पादन थुप्रै हुन्छ, तर किसानले मुल्य पाउदैनन्, किसानका समस्यालाई मध्यनजर गर्दै तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ ।” तिलाका अधिकांश घरमा ३ देखि ५ टन सम्म आलु उत्पादन हुन्छ, मौसममा आलुको मूल्य पाईदैन्, खाने र कुहिने मात्रै हुन्छ बेमौसममा बिक्री तथा किसानले उपयुक्त मुल्य पाउने र खेर पनि नजाने धेयका साथ ३३ लाख लागतमा गाउँमै कोल्डस्टोर निर्माण शुरु गरिएको वडाध्यक्ष रावतको भनाई छ ।
साझेदारी सहयोग केन्द्र (पेस नेपाल)का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा कोल्ड स्टोर निर्माण भैइरहेको हो । त्यहाँको आलु, मकै, सिमिलाई बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको ३३ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण शुरु गरिएको उनको भनाई छ । कोल्डस्टोर निर्माणले तिलाका ७० प्रतिशत किसानको समस्या समधान हुने अनुमान छ ।
कृषकलाई बोका र थुमा वितरण
उन्नतजातका भेडापालन गर्नका लागि किसानलाई थुमा र बोका वितरण गरिएको छ । जुम्लाका भेडापालक किसानले पाल्दै आएका रैथाने भेडाबाट क्रस गरी उन्नत जातका भेडा उत्पादन गर्नका लागि थुमा वितरण गरिएको छ । हिमा गाउँपालिका ६ महावैपाथरखोलाका उम्म रावत भेडापालक किसान हुन । उनलाई उन्नतजातको भेडा पाल्ने धोको थियो । पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले उनलाइ उन्नतजातको भेडा पालनका लागि थुमा दिँदा निकै खुसी छन् ।
व्यवसायीक भेडापालनका लागि उन्नतजात अतिआबश्यक छ । जसले मुल्य पनि बढी पाउने, गर्दछ । उम्म जस्तै धेरै तीन स्थानीयतहका धेरै किसानले भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरमा लामो समयदेखि पालिरहेका अष्ट्रेलियन जातका थुमा तथा बोका पाएका छन् तातोपानी गाउँपालिकाका दुई, हिमाका एक र तिलाका पाँच किसानलाई बोका र थुमा दिइएको हो ।
भेडापालनले किसानलाई फाइदा हुने स्थानीयवासी बताउँछन् । यो एक भेडा एक क्विन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो । करिब ५ लाखको लागतमा खरिद गरी किसानलाई थुमा वितरण गरिएको पेश नेपाल जुम्लाले जनाएको छ । जुम्लाका ६० वटै वडामा प्रत्यक वडाका २० प्रतिशत व्यक्ति अहिले पनि व्यवसायीक भेडापालन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्