फरार तीनजना अभियूक्त पक्राउ «

फरार तीनजना अभियूक्त पक्राउ

जुम्ला-जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनाका तीन जना फरार अभियूक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत जुम्लाबाट जरिवाना भराई सकिएका तर ५-६ वर्षदेखि फरार रहेका तीन जना अपराधी पक्राउ गरि जुम्ला जिल्ला अदालतमा बुझाईएको डिएसपी लाल बहादुर धामीले बताए ।
उनका अनुसार प्रक्राउ पर्नेमा पातारासी गाउँपालिका ७ का जय बहादुर बुढा, गुठिचौर गाउँपालिका ४ का कृष्ण प्रसाद आर्चाय र उनकी श्रीमती रहेका छन् । पातारासीका जयबहादुर बुढालाई कृते जालसाध मुद्धामा जिल्ला अदालत जुम्लाको २०७२।०२।१० फैसलाकाृ आदेश अनुसार एक लाख २१ हजार जरिवाना र ११ महिना ११ दिन कैद तोकिएको डिएसपी धामीले जानकारी दिए ।
गुठिचौर ४ का कृष्ण प्रसाद आर्चाय उनकी श्रीमतीलाई २०७३।०४।२४ बहुविवाहको मुद्धा अनुसार पाँच हजार जरिवाना र एक वर्ष कैद तोकिएको छ । उनिहरु फरार भएपछि लामो समय पछि प्रहरीले अनुसन्धानको माध्यामबाट पक्राउ गरि अदालतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्