सुनको मुल्य बढ्दै,व्यापार घट्दै «

सुनको मुल्य बढ्दै,व्यापार घट्दै

तीजकै समस्या मुल्य बढेर व्यापार नहुँदा व्यवसायी निरास भएका छन्

जुम्ला –नेपालमा सुनको मुल्य दैनिक उकालो लाग्दै गएपछि व्यापार पनि उहि तुलनामा ओरालो लाग्दै गएको छ । नजिकीदै गरेको तिज लक्षित सुनको व्यापार बढ्नु पर्नेमा सुन मंहगीएपछि ग्राहक घट्दै गएको सुनचाँदी व्यवसायी महासंघ जुम्लाले जनाएको छ । जुम्लामा रहेका डेढ दर्जन बढी सुनचाँदि व्यवसायीहरु सुन मंहगीएपछि निरासामा छन् ।
दैनिक लाखौको कारोबार गर्ने जुम्लाका विष्णु सुनचादिँ पसल, चन्दननाथ सुनचाँदी पसल, न्यु विवेक सुनचाँदी लगायतका पसलहरूमा सुन महँगिए संगै व्यापार घट्दै गएको हो । गत वर्ष पनि तीजकै समयमा तोलमा ७३ हजार सम्म थियो त व्यापार शुन्य भएको थियो भने, यस वर्ष शनिवार सम्मको मुल्य तोलामा १ लाख २ हजार बढी छ ।
ग्राहक आउने मुल्य सुनेर जाने गरेका छन् । स्वतह सुन महंगीएपछि व्यापार घाटामा परेको सुनचाँदि व्यवसायीको गुनासो छ । तीज नजिकीदै छ । ग्राहक आएपनि सानो गहनाका लागि पनि घण्टौ बार्गेनिङ गर्नु पर्दछ । कति त महंगो भन्दै अर्डर दिएका गहना समेत छोडेर व्यवसायीले बताएका छन् ।
पहिला दैनिक दिनमा एक देखि डेढ लाख सम्मको व्यापार हुन्थ्यो । अहिले दैनिक ३०–३५ हजार पनि धौधौले हुन्छ । विष्णुसुनचाँदी पसलका संचालक विष्णु बहादुर सुनार भन्छन,“यसो त ग्राहकहरु पनि घटेका छैनन् । दैनिक भिडभाड हुन्छ । तर मुल्य सुनेपछि कति संग बार्गेनिङ गर्दै ठिक्क हुन्छ । भने ५-१० प्रतिशत ग्राहक मात्रै कारोबार गर्छन् । गत वर्ष र यस वर्ष तीजकै समयमा सुनको मुल्य महंगीसंगै व्यापार घट्दै गएपछि व्यवसायी बन्द गर्ने अबस्थामा पुगेका छन् ।”
चन्दननाथ सुनचाँदी पसलका संचालक गोरख बहादुर सुनारले भने, “अर्डर दिएका लाखौका गहना थन्कीएका छन् । प्रतिदिन बढ्दै गएको सुनको मुल्यले ग्राहकपनि घट्किदै छन् । तीजकै आसपास सुन महंगीनु भनेकै व्यवसायीको ढाड सेकिनु हो ।” एकातर्फ मुल्य महंगीनु अर्को तर्फ कोरोनाको त्रास बढ्दै जानुले तीज पनि विगतको जस्तो रौनक देखिदैन् । चौतर्फी रुपमा सुनचाँदी व्यवसाय घाटामा परिरहेको उनको भनाई छ ।
गत वर्ष तीजको समय सम्म तोलामा सुनको ७३ हजार सम्म थियो । त्यतिबेला जेनतेन सबै व्यापारीले १५ देखि २० लाख सम्मको कारोबार गरेकै थिए । तर यस वर्ष शनिवार सम्मको मुल्य हेर्दा तोलामा १ लाख २ बढी बढी छ । भने भदौ ५ गते तीज सम्म डेढ लाख पुग्न बेर छैन् सुनचाँदी व्यापारै धराप हुने अर्को व्यवसायी मनसुन सुनार बताउँछन् ।
७-८ सय प्रतितोला घटबट् हुदँैमा फरक हुन्थेन् तर हजारका हिसाब हुदै लाख नाघेपछि सामान्य नागरिकहरु सुन लगाउने सपना बुन्नै छाडिसकेको स्थानीय अझविर सार्की बताउँछन् । हुनेखाने वर्गले मुल्यको ख्यालै नगरी लाखौका गहना झल्काएपनि त्यसको असर सामान्य वर्गका नागरिकलाई परिरहेको हुन्छ । त्यसैले पनि सुनको मुल्य आकासिँदा सामान्य नागरिकलाई कुनै फरक नपरेको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
 

प्रतिक्रिया दिनुहोस्