एनसीसी बैंकको सीईओमा पुनः अर्यालले ४ वर्ष निरन्तरता दिने «

एनसीसी बैंकको सीईओमा पुनः अर्यालले ४ वर्ष निरन्तरता दिने

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशराज अर्यालले नै निरन्तरता दिने भएका छन् । बैक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
२०७३ असोज १ मा एनसीसी बैंकको सीईओमा नियुक्त भएका अर्यालको आउँदो १ असोजमा पहिलो कार्यकाल सकिँदै थियो । एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखा परीक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारीसमेत समालेका उनी सोही एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्