कुमारी बैंकको सेयर सुचीकृत «

कुमारी बैंकको सेयर सुचीकृत

कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९०. २८ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट सेयर सूचीकृत भएको हो । अब यो सेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट गत असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । कुमारी बैंकको १ कित्ता बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा कुमारी बैंकले प्राप्ति गरेको थियोे । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरेपछि चुक्तापुँजी १२ अर्ब ७३ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्