लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन : गणेशमान सिंह अध्ययन प्रतिष्ठान «

लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन : गणेशमान सिंह अध्ययन प्रतिष्ठान

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले देशव्यापी लकडाउनले समस्या थप गहिरिने जनाउँदै कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्वतयारी यथेष्ट रुपमा गर्न सरकारलाई आग्रह गरेको छ ।
पूर्वतयारीको अभावमा विगतमा लकडाउन प्रभावकारी नभएको स्मरण गराउँदै प्रतिष्ठानले लकडाउनले मात्र कोभिड–१९ नियन्त्रण नहुने भएकाले स्वास्थ्य क्षेत्रका काम प्रभावकारी बनाउँदै तयारी बढाउन आग्रह गरेको हो ।
लकडाउन अवधिको पूर्ण रुपमा सदुपयोग नभएको समेत प्रतिष्ठानले उल्लेख गरेको छ । ‘लकडाउनले कोरोना भाइरसको प्रसार त रोक्न सकेन नै, यसले आम नागरिकलाई असह्य पिडा थप्ने कामसमेत भएको छ,’ प्रतिष्ठानले भनेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र उपचारको क्षमता र गुणस्तर अभिवृद्धि हुनुपर्ने मागलाई प्रतिष्ठानले पुनः दोहो-याएको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीद्धारा जारी विज्ञप्तिमा अनुगमनसहितको आवागमन हुनुपर्ने उल्लेख छ ।
कोभिड–१९ नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै अनशनरत इनफ इज इनफका अभियन्ता ईः को माग पूरा गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्