कोभिड–१९ को महामारीमा अमेरिकी बेरोजगारी साढे ५ करोड पुग्यो «

कोभिड–१९ को महामारीमा अमेरिकी बेरोजगारी साढे ५ करोड पुग्यो

वासिङटन-अगस्ट १ मा अन्त्य भएको सातामा अमेरिकामा नयाँ बेरोजगारी बिमा दावीको संख्यामा सुधार आएको छ । उक्त सातामा ११ लाख ८६ हजार बेरोजगारी दावी भएको थियो ।
यो संख्या अघिल्लो १४ लाख ३४ हजारको तुलनामा कम हो । यसले लगातार २० औं सातासम्म नयाँ बेरोजगारी दावी १० लाख नाघेको प्रतिनिधित्व गरेको छ ।
गत साताको रिपोर्टले नयाँ बेरोजगारी दावी लगातार दोस्रो सातामा उकालो लागेको देखाएको छ । मार्च २० मा अन्त्य हुने सातामा ५ करोड ४० लाख भन्दा बढी मानिसले नयाँ बेरोजगारी बिमा दावी गरेका थिए ।
“प्रारम्भिक दावी व्यापक उच्च देखिएको छ र बेरोजगारी बिमा ग्रहण गर्ने व्यक्तिहरुको संख्या उच्च अवस्थाबाट मुश्किलले ओरालो लागेको छ,” क्रेडिट स्वीसका प्रमुख अर्थशास्त्री जेम्स स्वीनीले बताए ।
लगातारको बेरोजगारी बिमा दावीले अझै लाभ लिइरहेका मानिसहरुको संख्याको प्रतिनिधित्व गरेको छ । यो जुलाईको २५ मा अन्त्य हुने सातामा १ करोड ७० लाखमा झर्ने अपेक्षा गरिएको थियो । उचाइमा पुगेको समयमा मध्य मे मा यो २ करोड ५० लाख पुगेको थियो । यो महामारीको सुरुको समयमा दोब्बर भन्दा बढी थियो र मध्य २००९ मा ६६ लाख थियो ।

 

प्रतिक्रिया दिनुहोस्