जुम्लाको कोटघरको स्वास्थ्यचौकी शिल «

जुम्लाको कोटघरको स्वास्थ्यचौकी शिल

जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ पाण्डव गुफा स्थित कोटघर स्वास्थ्य चौकीलाई शिल गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ की एक महिलालाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकी शिल गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यचौकी संगै आसपासका क्षेत्रलाई अनिश्चित रुपमा शिल गरिएको स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले जानकारी दिए । संक्रमित महिला पिसिआर जाँच गर्नु पहिले  स्वास्थ्य चौकीमा उपचारका लागि आएका कारण अहिले कोरोना पोजेटिभ हुँदा स्वास्थ्य चौकी शिल गरिएको छ ।
उनका अनुसार स्वास्थ्य चौकी तथा आपसापका क्षेत्रमा सिल संगै अनिश्चित कालका लागि सबै आकस्मिक सेवाहरु पनि बन्द गरिएको हो । सरकारले साउन ६ गते लकडाउन अन्त्य गरे संगै पुर्वसर्तकता नअपनाएकै कारण कोरोना मुक्त भईसकेको जुम्लामा पुन कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना मुक्त जिल्ला घोषणा पछि अवस्था  सामान्य भईसकेको जुम्लामा पुन त्रास छाएको छ । संक्रमित महिला स्वास्थ्य चौकी गाउँमा समेत गएका कारण आसपासका क्षेत्रमा समेत कोरोना फैलिन सक्ने भन्दै कोटघर स्वास्थ्य चौकी क्षेत्रलाईनै शिल गरिएको छ । प्रशासनले हाल अत्यावश्यक काम बाहेक बाहिर ननिस्कीन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्