विद्युत आपूर्ति अनियमित हुँदा सास्ती «

विद्युत आपूर्ति अनियमित हुँदा सास्ती

वीरगन्ज-कोरोना भाईरस संक्रमणको जोखिम र बाढी डुवानको जोखिममा परेका वीरगन्जवासीलाई विद्युत आपूर्ति अनियमित हुँदा थप समस्या भएको छ । पाँच महिनादेखि कोरोना भाईरस संक्रमणको जोखिममा पनि दैनिकी चलाईरहेका वीरगन्जवासीलाई बीचमा अबिरल बर्षापछि आएको बाढी डुबानको पनि त्रासमा नै बाँच्नुपर्ने बाध्यता आईपरेको थियो । साउन तेश्रो साता बढेको गर्मीमा विद्युत प्राधिकरणको अनियमित विद्युत आपूर्तिले झन सकस बनाएको छ । बर्षासँग आएको पहिरोले विभिन्न ठाउँमा विद्युतका पोलहरुमा पु-याएको क्षतिका कारणले विद्युत आपूर्ति अवरोध हुँदा विद्युत आपूर्तिमा पनि समस्या भएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुसियतले बताए । मंगलबार दिउँसोदेखि नै विद्युत आपूर्तिमा समस्या देखिएको थियो ।
मंगलबारदेखि छिनछिनमा लाईन काटिने आउने गरेकोमा राति धेरै लामो समयसम्म विद्युत अवरुद्ध भएको थियो । लामो समयसम्म विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणलाई गर्मीले निकै अत्यास बनाएको थियो । छिनछिनमा विद्युत काटिने गरेपछि उपभोत्ताहरु निकै आक्रोशित भएका छन् । विद्युत आपूर्ति अनियमित भएपछि सर्वसाधारणले भने सरकार र प्राधिकरणका कर्मचारीहरुलाई सामाजिक सञ्जालहरुमा गालीगलौज समेत गरेका छन् । विजुली नआएपछि गर्मीमा बस्न नसकेर आक्रोशित भएका सर्वसाधारणले सामाजिक सञ्जालहरुमा पनि आक्रोशपूर्ण अभिव्यक्तिको बर्षा नै गरेका छन् ।
कसैले नेपालमा इन्भर्टरको व्यापार गर्नका लागि सेटिङ गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छने । कसैले भने, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेकोले फेरी लोडसेडिङ गर्ने गिरोहले चलखेल गर्न थालेको अडकलबाजी गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुसियतले भने बर्षा र बाढीले ठाउँ ठाउँका पोलहरुमा क्षति पु¥याएको विद्युत अनियमित भएको बताए । उनले भने, हिजो सिस्टममा समस्या आएपछि पूरा देशभर नै विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि फेरी हेटौडातिर रुख ढलेर अवरुद्ध भएको थियो । वीरगन्ज र आसपासका क्षेत्रमा पनि पोल ढलेर अवरुद्ध भएको थियो । हामीले मर्मतसम्भार गर्दै आपूर्तिलाई नियमित बनाईरहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्