कारागार प्रमुख सहित थप १३३ जना संक्रमित, थप दुईजनाको मृत्यु «

कारागार प्रमुख सहित थप १३३ जना संक्रमित, थप दुईजनाको मृत्यु

भुसको आगो जस्तै सल्किएको कोरोना संक्रमण रोकिएन

वीरगन्ज- भुसको आगो जस्तै सल्किएर कोरोना भाईरस कोभिड–१९ महामारीको इपीसेण्टर बनेको वीरगन्जमा संक्रमण अझै रोकिएको छैन । पछिल्लो पटक एकजनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको सहित दुईजनाको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय पुरुष र पर्साकै पोखरिया नगरपालिका वडा नम्बर ९ की एक १८ बर्षीया युवतीको ज्यान गएको हो । युवतीको भने, मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना भाईरस संक्रमण पोजेटिभ आएको हो । गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४५ बर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनी नेशनल मेडिकल कलेजमा काम गर्ने कर्मचारी हुन् । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे । स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पहिलेदेखि नै मधुमेह तथा मुटुको रोगबाट ग्रसित उनलाई स्वास्थ्य समस्या देखिएपछि नेशनल मेडिकल कलेजमै भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई मंगलबार राति वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । यस्तै नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी पोखरिया ९ बर्ववाकी १८ बर्षीया युवतीको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको । युवतीले पटक पटक बान्ता गर्न थालेपछि उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो । त्यहाँबाट पोखरिया अस्पतालले रेफर गरेपछि नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका लागि लैजादै गर्दा सोमवारण्राति मृत्यु भएको थियो । अस्पताल पुगेपनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् । उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो । सोही दिन राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल अस्थायी कोभिड विशेष अस्पताल गण्डकका संयोजक डा उदयनारायण सिहले बताए । यसअघि पनि बारा करैयामाईका ७० बर्षीय वृद्ध, वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ उद्यानमा वेवारिसे अवस्थामा फेला परेको शवको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पर्सामा साउन यता मात्रै १३ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच वीरगन्ज कारागारका प्रमुख सहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा विभिन्न क्वारेन्टाइन तथा समूहमा लिईएको (मास टेष्टिङ) र सम्पर्कमा रहेका कन्ट्र्याक्ट टेसिङ्गबाट सकलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो । संक्रमितहरु ५ देखि ६० वर्ष उमेर समूहका ब्यक्तिहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । संक्रमित मध्य २६ जना महिला पनि रहेका छन् । वीरगञ्ज ४ बिर्ता स्थित रहेको त्रीजुद्व क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरामा रहेको क्वारेन्टाइनका १७ जना, वीरगञ्जका मेयरको कन्ट्र्याक्ट टे«सिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनामा पीसीआर परीक्षण गर्दा सक्रमणको पुष्टि भएको हो । तीमध्ये मृत एक युवतिमा समेत कोरोना सक्रमणको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए । संक्रमितमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ।
त्यसैगरि सक्रमितमध्ये वीरगञ्ज भसार कार्यालयमा खटेका सशस्त्र प्रहरीका एक जना जवान, वडा प्रहरी कार्यालाय बिर्ताका एक जना प्रहरी पनि रहेका छन । पर्सामा कोरोना सक्रमणको सख्या ७ सय ८० भन्दा माथी नाघेको छ । मृतकको सख्या पनि १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्