नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कोरोना संक्रमित «

नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कोरोना संक्रमित

जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखलाई कोरोना संक्रमण भएको पाइएको छ ।
चार वर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता विमानस्थलमा भएको कोभिड–१९ परीक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो ।
मंगलबार चार्टर उडानमार्फत जापान पुग्नुभएका उपनियोग प्रमुख अम्बिकाप्रसाद जोशी कोरोना भाइरस संक्रमित भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरूले उनलाई विमानस्थलबाटै उपचारका लागि लगेको स्रोतले जानकारी दिएको छ ।
नेपाली राजदूतावास जापान स्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै पनि लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो ।
परिवारसहित जापान पुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि हाल जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भइरहेको छ । यद्यपि जोशीलाई संक्रमणको कुनै पनि लक्षण नदेखिनुका साथै सामान्य अवस्थामा रहनुभएको परराष्ट्र अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्