रेगनले सोभियत संघलाई गरे जस्तै ट्रम्पले चीनलाई गर्न सक्ने «

रेगनले सोभियत संघलाई गरे जस्तै ट्रम्पले चीनलाई गर्न सक्ने

वासिङटन-चिनियाँ सोशल मिडिया टिक टकको बिक्रीमा वासिङटनको फोड र कब्जा गर्ने नीति आपूmले नस्वीकार्ने बेइजिङले जनाएको छ । बेइजिङले उसले भन्दै आएको चोरीको बिरुद्धमा बदला लिने जनाएको छ ।
आरटीको बुम बस्ट टक शोमा मियामी हर्बर्ट बिजनेस स्कुलका डीन जोन क्वेल्चले टिक टकको विषयमा दुई मुलुकबीच चलेको रस्साकस्सीको बारेमा र उनीहरुबीचको भावि सम्बन्धको विषयमा चर्चा गरेका थिए ।
“अमेरिकामा चिनियाँ लगानीको तह केबल ५–६ अर्ब डलरको छ भने चीनमा अमेरिकी लगानी १२० अर्ब डलरको हाराहारीमा छ । त्यसैले बेइजिङले गर्न सक्ने भनिएको बदलाको कारबाही भनेको टिट फर ट्याटको रुपमा चीनमा रहेका ठूलो परिमाणको अमेरिकी सम्पत्ति जफत गर्नु हुने छ,” उनले बताए ।
हाल अमेरिका–चीनबीचको सम्बन्ध भनेको विभिन्न रुपमा ओरालो लागेको अवस्थाको हो । यो नोभेम्बरसम्म चलिरहने क्वेल्चले बताए ।
“मलाई लाग्छ ट्रम्पले दोस्रो कार्यकालका लागि जीत सुनिश्चित गर्छन् भन्नेहरुले उनको उद्देश्य भनेको चीनलाई रोनाल्ड रेगनले सोभियत संघलाई गरे जस्तै गर्छन् भन्ने रहेको छ,” उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्