आफु भन्दा अग्ला नेतोको रिस गर्छिन मर्केल «

आफु भन्दा अग्ला नेतोको रिस गर्छिन मर्केल

सामान्य बुझाईलाई आधार मान्ने हो भने जनताले आफ्नो हित पुरा गर्न सक्ने नेतालाई मतदान गर्ने गर्छन् । यसैमा उनीहरुको हितको रक्षा हुने गर्छ । तर एक शोधले मतदाताले अग्ला मानिसलाई बढी रुचाउने गरेको देखिएको छ । मतदाताले यस्तै मानिसलाई भोट दिने गर्छन्, किनकी उनीहरुलाई यस्ता मानिसलेनै राम्रो काम गर्न सक्ने उनीहरुलाई लाग्छ । हामी यहाँ उचाई बढी भएका र केही कम भएका नेताको बारेमा चर्चा गर्न गइरहेका छौ ।
आयरल्यान्डका राष्ट्रपति माइकल डी हिग्गिंसको उचाई पाँच फूट अर्थात् १६० सेन्टीमीटर रहेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनको उचाई १६३ सेन्टीमीटरदेखि १७० सेन्टीमीटरको बीचमा रहेको बताइएको छ । तर उनको उचाई यतीनै हो भनेर पुष्टि भने भइसकेको छैन ।
उनको उचाई दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनको भन्दा थोरै कम छ । मूनको उचाई पाँच फुट ६ इन्च रहेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलको उचाई पाँच फुट पाँच इन्च अर्थात १६५ सेन्टीमीटर रहेको छ । उनलाई विश्वका अग्ला नेताको रिस गर्ने व्यक्तिको रुपमा पनि चिनिदै आएको छ ।
न्यूजिल्यान्डकी जेसिन्डा अर्डर्नको उचाई ५ फूट ७ इन्च अर्थात् १७० सेन्टीमीटर रहेको छ । यो वर्ष कोरोनाभाइरसको बिरुद्धको लडाईँमा जेसिन्डा अर्डर्नले विश्वभरीमै प्रशंसा पाएकि छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको उचाई ५ फुट ७ इन्च अर्थात् १७० सेन्टीमीटर रहेको छ । उनी २०१२ को ७ मेदेखि रुसको राष्ट्रपतिको रुपमा रहदै आएका छन् । उनले १६ वर्षसम्म सोभियत संघको गुप्तचर संस्था केजीबीमा अधिकारीको रुपमा काम गरेका थिए ।
हंगेरीका प्रधानमन्त्री भिक्टर आर्बनको उचाई ५ फुट ८ इन्च रहेको छ । यो रुसी राष्ट्रपति पुटिन र न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डाको भन्दा १ इन्च बढी हो । भिक्टर २०१० देखि हंगेरीका प्रधानमन्त्री रहदै आएका छन् । उनी हाल ५७ वर्षका भए ।
चीनका राष्ट्रपति सि जिनपिङको उचाई ५ फुट ९ इन्च अर्थात् १७५ सेन्टीमीटर रहेको छ । उनी चीनका अघिल्ला राष्ट्रपति मध्येकै अग्ला हुन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकोा उचाई चीनका राष्ट्रपति सि जिनपिङको बराबर रहेको छ । बोरिस जोन्सनको उचाई ५ फुट ९ इन्च अर्थात् १७५ सेन्टीमीटर रहेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको उचाई ६ फुट २ इन्च रहेको छ । कतिपय मानिसहरुका अनुसार जस्टिन ट्रुडो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पनि अग्ला छन् ।
ट्रम्पको उचाई ६ फुट ३ इन्च रहेको छ । केही समय अगाडिका फोटोमा ट्रम्प जस्टिन ट्रुडो भन्दा होचो देखिएका थिए । राष्ट्रपति ट्रम्पले चुनावको समयमा आफ्ना बिरोधीलाई कम उचाई भएको भन्दै हासोमा उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्