आजदेखि सवारीमा जोर विजोर लागू «

आजदेखि सवारीमा जोर विजोर लागू

सरकारले कोरोनाभाइरस(कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि बिहीबारदेखि पुन सवारीमा जोर विजोर प्रणाली लागु गरेको छ । बुधबार गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको जनाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “काठमाडौं प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजे देखि विहान ७ बजे सम्म रोक लगाएको छ ।” सरकारले बिहीबारदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि प्रतिबन्ध लगाएको छ ।
काठमाडौं वाहिरको हकमा २०० जनाभन्दा बढी संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुने गृहमन्त्रालयले जनाएको छ ।
यस अघि पनि सरकारले निजी सवारीमा जेठ २९ देखि जोर विजोर विजोर प्रणाली लागू गरेको थियो । सरकारले असार २६ देखि जोर विजोर प्रणाली हटाएर एउटै जिल्ला भित्र छोटो दूरीमा सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिएको थियो भने भदौ १ देखि लामो दुरीको सवारी सञ्चालन गर्न अनुमति दिएको छ । तर पछिल्लो समय संक्रमणको दर बढन थालेपछि लामो दुरीको सवारी सञ्चालन पनि अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्