माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुपबीच सम्झौता «

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुपबीच सम्झौता

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका देशका विभिन्न स्थामा रहेका होटल, रेष्टुराँ, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवामा १० प्रतिशतको छुट पाउने छन् ।
बैंककोे डेबिट र क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डवाहकले उक्त छुट प्राप्त गर्न सक्ने छन् ।
माछापुच्छ्रे बैंकले १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पिओएसमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्