मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंकबीच सहकार्य «

मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंकबीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिने बैकले जनाएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेको बैकले जनाएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा बैकले गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्