एनआईसी एशिया बैंकको लोन बेनिफिट क्यालकुलेटर «

एनआईसी एशिया बैंकको लोन बेनिफिट क्यालकुलेटर

एनआईसी एशिया बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरूमा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कको सुविधा ल्याएको छ ।
साथै बैंकले अन्य सुविधसहित विभिन्न कर्जाबाट ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विवरण सहजै हेर्न सकिने व्यवस्था ल्याएको छ । बैंकको वेबसाइटमा उपलब्ध रहेको लोन बेनिफिट क्यालकुलेटरबाट उक्त सुविधा हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
सो लोन बेनिफिट क्यालकुलेटरमा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणरबार जानकारी पाइन्छ । साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने तथा आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिने पनि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्