एनएमबि बैंकको अगुवाइमा मादमे खोला जलविद्युत्मा लगानी «

एनएमबि बैंकको अगुवाइमा मादमे खोला जलविद्युत्मा लगानी

एनएमबि बैक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजनामा एनएमबि बैंक अगुवा लगानीकर्ता रहेको छ ।
यस्तै सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बंैक लि र प्रभु बैंक लि रहेका छन् । २४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत् आयोजनाको कुल लागत ४.४८ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्बको हुनेछ । यो आयोजनासँग एनएमबि बैकले कुल ४२ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्