ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सहयोग «

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सहयोग

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत सम्पूर्ण कर्मचारीहरूले कारोना नियन्त्रण तथा उपचारका लागि सहयोग गरेका छन् । सम्पूर्ण कर्मचारीहरुको तर्फबाट ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिएको छ ।
उक्त सहयोग रकम बापतको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले हस्तान्तरण गरे ।
अर्थमन्त्री खतिवडाले देशमा गरिबी न्यूनिकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले यस रकमलाई सरकारले ठूलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकको उपचार र उद्धारका लागि पूर्णरुपमा सदुपयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्