कृषि क्षेत्रमा एक बर्षमा झण्डै ५ करोड अनुदान «

कृषि क्षेत्रमा एक बर्षमा झण्डै ५ करोड अनुदान

उदयपुरउदयपुर कृषि ज्ञान केन्द्र उदयपुरले गत आर्थिक बर्ष २०७६÷०७७ मा करिव ५ करोड रुपैँयाँ खर्च गरेको छ । विभिन्न उपशीर्षक अन्र्तगत केन्द्रले १ हजार ५ सय परिवारका लागि चार करोड ८८ लाख ९८ हजार ५ सय रुपैँयाँ कृषि अनुदान बापत खर्च गरेको हो । खर्च भएको रकम मध्ये केन्द्रीय सरकारबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत प्राप्त २ करोड ११ लाख रुपैँयाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ७७ लाख  ९८ हजार रुपैयाँ किसानलाई अनुदान दिइएको कार्यालय प्रमुख नरनाथ रेग्मीले बताए । “
हामीले झण्डै ५ करोड  रकम विभिन्न शीर्षक र ब्लक बनाएर अनुदान दिँदा किसानले पनि ५२ लाख ८० हजार रुपैँयाँ लगानी गरेका छन्” रेग्मीले भने,“ बेलका, चौदण्डीगढी नगरपालिका र रौतामाई, उदयपुरगढी र लिम्चुङ्गबुङ्ग गाउँपालिका गरी पाँच स्थानीय तहमा यो रकम खर्च गरेको हो ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले तरकारी, खाद्यान्न, केरा खेती, आलु र कागती खेतीमा लगानी गरेको नायव सुब्बा रामकुमार केसीले बताए । “परियोजनाले ६ लाख देखि ३५ लाखसम्म कृषक समुहमा लगानी गरेको छ” उनले भने,“प्रदेश सरकारबाट स्वीकृत भएको कार्यक्रमअनुसार कार्यालयले १६ वटा शिर्षकमा २ करोड ७७ लाख ९८ हजार पाँच सय रुपैँया खर्च गरेको छ ।” 
त्यसमध्ये सबैभन्दा बढि मध्यपहाडी प्रांगारिक कृषि प्रर्वद्धन कार्यक्रममा ६६ लाख र सबैभन्दा कम मकै उत्पादकत्व प्रर्वद्धन कार्यक्रमअन्र्तगत ६५ हजार ५ सय रुपैँयाँ खर्च भएको उनले जानकारी दिए ।  कार्यालयले महिला दलित विपन्न पिछडिएको क्षेत्र लक्षित कार्यक्रम अन्र्तगत ३ लाख, वगर खेती विकास तथा प्रर्वद्धन तर्फ ८ लाख, कागती खेती तर्फ १० लाख, व्यवसायिक फलफुल वगैचा स्थापना सहयोगमा २७ लाख, गड्यौला मल उत्पादनमा ९ लाख, विउविजन आत्मनिर्भरमा २ लाख रुपैँया अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख रेग्मी बताउँछन् । त्यसैगरी मुख्य राजमार्ग लक्षित तरकारी खेतीमा १५ लाख, प्रांगारिक कृषि प्रर्वद्धनमा ६४ लाख, सघनवाली विकासमा १६ लाख ६७ हजार, हाईव्रिड मकै विस्तारमा ७ लाख ४८ हजार १ सय ६३ रुपैँयाँ उपलब्ध गराएको उनको भनाई छ । त्यस्तै खेर गएका जग्गाहरुमा फलफुल खेती प्रर्वद्धन गर्न ३५ लाख, नमुना कृषि फर्म स्थापनाका लागि ६१ लाख २५ हजार, युवा लक्षित च्याउ, मौरी, तरकारी उत्पादनमा १० लाख, कृषि वजार संकलन केन्द्र निर्माणमा २ लाख रुपैँयाँ उपलब्ध गराएको केन्द्रले जनाएको छ । कार्यालय प्रमुख रेग्मीले किसानको अवस्था, प्राविधिक पक्ष, वातावरण सबैलाई ख्याल गरी निवेदन परेका किसानको खेती स्थलगतरुपमा अध्ययन गरेर पश्चात मापदण्ड पुरा गरे नगरेको हेरर छनौट गरिएको र अनुदान उपलब्ध गराएको बताए । “अनुदान पछि पनि काम गरे नगरेको तेश्रो पंक्षबाट अनुमन गरी रकम भुक्तानी गरेका हौ”
उनले भने ।कृषक व्यवसायिक खेतीतर्फ आकर्षित भएकाले उनीहरुले उत्पादन गरेका कृषि सामग्रीको वजारीकरण मुख्य चुनौती रहेको रेग्मी बताउँछन् । तराईका क्षेत्रको वजारीकरणमा सहज भएपनि ग्रामिण क्षेत्रमा सडक र यातायातका साधनको समस्याका कारण वजारसम्म ल्याउन गाह्रो हुने उनको भनाई छ ।  सरकारले कृषि क्षेत्रमा लगानी बढाउँदै जाँदा उदयपुरमा व्यवसायिक खेतीतर्फ किसानको आकर्षण बढेको छ । व्यवसायिकरुपमा कृषि खेती गर्न चाहने युवायुवतीलाई सरकारले अवस्था, आवश्यकता र प्राविधिक पक्ष हेरेर अनुदान र ऋण दिने व्यवस्था मिलाएसँगै किसानको आकर्षण बढ्ेको हो । कृषि क्षेत्रमा अनिवार्य वजेट विनियोजन गर्ने नीति बनेसँगै केन्द्र, प्रदेश र स्थानीय सरकारले लगानी गर्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्य राखेर प्रदेश र स्थानीय सरकारले लगानी गरिरहेका छन् । सरकारको लगानी बढेसँगै ३ बर्ष अघिसम्म निर्वाहमुखी कृषि गर्दै आएका किसानहरु अहिले व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्