नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग «

नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

खोटाङ- बालसेवा समाज नेपालद्वारा दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकालाई क्वारेन्टिन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि नगरपालिकालाई १४ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
क्रिश्चियन एडको आर्थिक सहयोगमा बालसेवा समाज नेपालद्वारा संचालित सशक्तिकरणका लागि महिला संलगनता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजनाअन्तर्गत कोरोना भाइरस महामारीबाट समुदायलाई जोगाउने लक्ष्यसहित स्वास्थ्य सामग्री वितरण गरिएको बालसेवा समाज नेपाल क्रिश्चियन एडका कार्यक्रम संयोजक युवराज रिजालले जानकारी दिए । उनका अनुसार आइसोलेसन बेड, म्याट्रेस, सिरानी, बेड कभर, ब्ल्याङकेट, झुल, चप्पल दन्त मञ्जन ब्रस एन ९५ माक्स, साबुन, सेनिटाइजर हिल ट्यांक, चामल, दाल आयोडिन नुनलगायत आवश्यक सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्