सुरक्षाका विधि अपनाई गाईजात्रा मनाइयो «

सुरक्षाका विधि अपनाई गाईजात्रा मनाइयो

संखुवासभा- दिवंगत परिवारको सदस्यको सम्झनामा मनाईने गाईजात्रा पर्व संखुवासभाका बिभिन्न बजार क्षेत्रमा मनाईएको छ । कोरोना भाईरसको महामारीबिच यसपालिको गाईजात्रा पर्व मुखमा मास्क लगायतका सुरक्षा सामग्री प्रयोग गरि सामान्य रुपमा मनाईएको हो ।
संखुवासभाको खाँदबारी, चैनपुर लगायतका क्षेत्रमा गाईजात्रा पर्व मनाईएको हो । सदरमुकाम खाँदबारी लगायतका बजार क्षेत्रमा बिहानैदेखि मृतकको सम्झना गर्दै गाईजात्रा निकालिएको थियो ।
लाखेजात्रा तथा गाईजात्रा पर्व पूर्वका पहाडी जिल्ला संखुवासभा, भोजपुर, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका जिल्लामा भब्य रुपमा मनाइँदै आएकोमा यसपाली भने कोरोना संक्रमण बढिरहेको भन्दै सामान्य तरिकामा मनाईएको नेवा देह दवुका संखुवासभाले जनाएको छ ।
गाईजात्रा निकालिएका प्रत्येक घर घरमा प्रसस्त मात्रामा मास्क र स्यानिटाइजर वितरण गरिएको थियो । मास्क नलगाई हिँड्नेलाई अनिवार्य मास्क लगाउन प्रोत्साहित गर्दै मास्क बितरण गरिनुका साथै दूरी कायम गराई जात्रापर्वमा सहभागि गराईएको लाखे जात्राका आयोजक खाँदबारी युथ क्लवका सचिव सुरेन शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्