बाँकेमा चार दिन निषेधाज्ञा थपियो «

बाँकेमा चार दिन निषेधाज्ञा थपियो

नेपालगन्ज- बाँकेमा आइतबारदेखि जारी निषेधाज्ञा चार दिन थप गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले २४ साउनसम्म निधेषाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना संक्रमण समुदायस्तरमै फैलिएकोले त्यसको नियन्त्रणका लागि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा आईशोलेशनको संख्या थप्ने तयारी थालिएको छ ।
मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले लामो समय देखि बन्द रहेको ह्वाईटहाउस होटललाई आइशोलेशन बनाउने निर्णय गरेको छ । जिल्लामा हालसम्म खजुरा क्यान्सर अस्पताल, आइशोलेशन सेन्टर आदर्शनगर, लायन्स डेन्टल हस्पिटल र आन्तरिक राजश्व कार्यालयलाई आइशोलन बनाई संक्रमितलाई राखिँदै आईएको थियो । बाँकेमा हालसम्म ५० जनालाई समुदायस्तरमा कोरोना देखिएको छ भने ७२ जना संक्रमितलाई जिल्लाका विभिन्न आईशोलेशन सेन्टरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्