जड्या को–पाइलटका कारण १०६ यात्रु अलपत्र «

जड्या को–पाइलटका कारण १०६ यात्रु अलपत्र

दक्षिण–पश्चिम जर्मनीमा स्टुटगार्ट विमानस्थलमा १ सय भन्दा बढी यात्रु अलपत्र परेकोमा एक पोर्चुगिज विमान सेवाले माफी मागेको छ । रक्सी सेवन गरेको को–पाइलटका कारण अन्तिम समयमा आएर आफ्नो एक उडान रद्ध भएपछि १ सय ६ यात्रु अलपत्र परेका थिए ।
ट्याप एयर पोर्चुगकमो उडान शुक्रबार लिस्वनका लागि उडान भर्नुपूर्व विमानस्थलका एक कर्मचारीले को–पाइलट अस्वभाविक किसिमबाट हिडिरहेको र सक्सीको गन्ध पनि आएको जानकारी गराएका थिए । उनले विमानस्थका अधिकारीलाई जानकारी गराएपछि कर्मचारीले विमान नउडाउने निर्णय लिएका थिए । ४० वर्षिय को–पाइलट पक्राउ परे वा नपरेको भन्ने विषय अझै स्पष्ट भएको छैन ।
जर्मन समाचार एजेन्सी डीपाले शनिकार सबै १०६ यात्रुलाई राती होटलमा बसाएको थियो । ट्यापले शनिबार यात्रुले सोमाबार मात्रै लिस्वनका लागि उडान भर्न पाउने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्