वाणिज्यमा फर्म दर्ता र नवीकरण अनलाइनबाट «

वाणिज्यमा फर्म दर्ता र नवीकरण अनलाइनबाट

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बुधबारदेखि फर्म दर्ता, नवीकरणलगायतका अन्य काम अनलाइनबाट सुरु गर्न लागेकोे छ । विभागबाट उपलब्ध गराउँदै आएको सेवालाई छिटो छरितो बनाउनका लागि अनलाइन सेवा सुरु गरिएको हो । सेवाग्राहीलाई सहज बनाउन प्राइभेट फर्मको दर्ता र नवीकरण अनलाइनमार्फत गर्न लागिएको विभागले जानकारी दिएको छ ।
विभागका प्रवक्ता रविन्द्र आचार्यले सेवालाई छिटो छरितो बनाउनका लागि बुधबारदेखि अनलाइनसेवा सुरु गर्न लागिएको जानकारी दिए । अनलाइन सेवाबाट सेवाग्राहीलाई सहज हुने, कार्यलयमा भीडभाड कम हुने र रेकर्ड राख्न सहज हुने उनको भनाई छ । अनलाइन फर्म भर्ने, नाम उपलब्ध भएनभएको चेक गर्ने र फर्म स्वीकृत भएपछि प्रमाणपत्र लिन कार्यालयमा आउनुपर्ने छ । सेवाग्राहीले रकम बैंकमा बुझाएर भौचर स्क्यान गरेर पठाउनुपर्ने छ । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला अनलाइनमार्फत सेवा सुरु गर्दा सेवाग्राहीलाई सहयोग पुग्ने विभागको भनाई छ ।
बुधबारदेखि फर्म रजिष्ट्रेशनको कामलाई अनलाइन माध्यमबाट सुरुगरेसँगै सेवाग्राहीलाई सहज हुने छ । प्राइभेट फर्म, साझेदारी फर्म कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीका लागि विभागको वेबसाइट डिओसी डट जिओभी डट एनपीमा गई अनलाईन फर्म दर्ता भन्ने लिंकबाट निवदेन र आवश्यक कागज समेत पेश गर्न सकिने विभागले जानकारी दिएको छ । विभागले एक जना अधिकृत र नायव सुब्बालाई खटाएर अनलाइन सेवा सुरु गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्